Thursday, April 2, 2026
Homeराजनीतिनयाँ प्रतिनिधिसभाको पहिलो बैठकमा आज विभिन्न दलका शीर्ष नेताले सम्बोधन गर्ने

नयाँ प्रतिनिधिसभाको पहिलो बैठकमा आज विभिन्न दलका शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौंः फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा निर्वाचित सांसदहरुको पहिलो बैठक आज शुरु हुँदैछ । बैठकमा दलीय आधारमा सदस्यहरूले आ–आफ्नो मन्तव्य राख्ने कार्यसूची तय भएको बताइएको छ ।

आज रास्वपा सभापति रवि लामिछाने, एमाले संसदीय दलका नेता रामबहादुर थापा बादल, नेपाली कम्युनिस्ट पार्टी संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्ड, श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ र राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सम्बोधन गर्ने जनाइएको छ ।

आजको बैठकमा सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ७ बमोजिम प्रतिनिधिसभाको सभामुख पदको निर्वाचनका लागि दिन तोक्ने बताइएको छ ।

बैठकको अन्त्यमा सभामुखले संविधानसभाका सदस्य एवं पूर्वसदस्यहरू ऋषिकेश गौतम, मोहम्मद आफताब आलम, आमोदप्रसाद उपाध्याय, होमनाथ दाहाल र संविधानसभा तथा राष्ट्रियसभाका सदस्य बलदेव बोहोराको शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यक्रम रहेको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments