Thursday, April 2, 2026
Homeअर्थशेयरशेयर बजारमा तीव्र उतारचढाव, लगानीकर्ता अन्योलमा, १ घण्टामा ३ अर्ब ५ करोड...

शेयर बजारमा तीव्र उतारचढाव, लगानीकर्ता अन्योलमा, १ घण्टामा ३ अर्ब ५ करोड रुपैयाँको शेयर किनबेच

विराटचोकः लगातार घटिरहेको शेयर बजारमा आज पनि उच्च अङ्कले घट्ने र फेरि उच्च अङ्कले बढ्ने क्रम चलिरहेको छ । नेप्सेको गति अनुमान गर्न नसक्दा शेयर लगानीकर्ता शेयर किन्ने कि बेच्ने भन्ने अन्योलमा परेको देखिन्छ ।

आज बजार खुलेदेखि नै रातो भएको थियो । ११ बजे रातो मुख लगाएर खुलेको बजार ११ बजेर १५ मिनेट जाँदा सबभन्दा तल २७४१ बिन्दुसम्म ओर्लिएको थियो । जुन बिन्दु हिजो बजार बन्द हुँदाको बिन्दु भन्दा ३५ अङ्क तल हो ।

त्यसपछि बिस्तारै हरियाली छाएको बजार साढे ११ बजेर २७८८ अङ्कसम्म उक्लिएको थियो । जुन हिजो बजार बन्द हुँदाको अङ्कभन्दा १३ अङ्क बढी थियो ।

त्यसपछि फेरि बजारमा बिक्री चाप बढ्दा ११ बजेर ४० मिनेटमा बजारले १५ अङ्क तल झरेर २७६१ सम्मको बिन्दु टेकेर उँभो लागेको थियो ।

दिउँसो १२ बज्दा बजार साढे १६ अङ्कले हरियो भएर २७९३ बिन्दु आसपास कारोबार भइरहेको छ ।

१२ बजेसम्ममा ३ अर्ब ५ करोड रुपैयाँको शेयर किनबेच भएको छ । एसवाइ प्यानलको सर्वाधिक शेयर किनबेच भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments