Thursday, April 2, 2026
Homeराजनीतिनयाँ प्रतिनिधिसभाको पहिलो बैठकमा आज तीन अध्यादेश पेश हुने

नयाँ प्रतिनिधिसभाको पहिलो बैठकमा आज तीन अध्यादेश पेश हुने

काठमाडौंः २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनपछि पहिलो अधिवेशन आजदेखि सिंहदरबास्थित निर्माणाधीन संघीय संसद भवनको बहुद्देश्यीय कक्षमा दिउँसो २ बजे शुरु हुने भएको छ ।

बैठक सञ्चालनका लागि भौतिक, सुरक्षा, प्राविधिक र जनशक्तिलगायत सम्पूर्ण तयारी पूरा भइसकेको संसद सचिवालयले जनाएको छ ।

२७५ सदस्यीय प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका १८२, नेपाली कांग्रेसका ३८, नेपाल कम्युनिस्ट पार्टी (एमाले)का २५, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का १७, श्रम संस्कृति पार्टीका ७, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का ५ र एक स्वतन्त्र सांसद रहेका छन् ।

बैठकमा तीन अध्यादेश पेश हुने
आजको बैठकमा तीन अध्यादेश पेश हुने भएका छन् । गृहमन्त्री सुधन गुरुङले ‘मतदाता नामावली (पहिलो संशोधन) अध्यादेश २०८२’, ‘प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश, २०८२’ र ‘नेपाल विशेष सेवा (दोस्रो संशोधन) अध्यादेश २०८२’ पेश गर्ने सम्भावना रहेको बताइएको छ ।

त्यसअघि बैठकमा सभाका ज्येष्ठ सदस्य अर्जुन नरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवशेन आह्वानसम्बन्धी पत्र तथा राष्ट्रपतिको कार्यालयबाट प्राप्त प्रधानमन्त्री पदमा नियुक्ति तथा मन्त्रिपरिषद् गठनसम्बन्धी पत्रहरूको व्यहोरा पढेर सुनाउनेछन् ।

सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्न सदस्यहरूको मनोनयन गर्ने सम्भावना पनि आज रहेको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments