काठमाडौंः नयाँ प्रतिनिधि सभाले चैत २२ भित्र नयाँ सभामुख पाउने भएको छ ।
बुधबार सम्पन्न सर्वदलीय छलफलले पहिलो बैठकमै सभामुख चयनको कार्यतालिका सार्वजनिक गर्ने जिम्मा महासचिवलाई दिने सहमति गरेको हो ।
आज दिउँसो २ बजेका प्रतिनिधि सभाको बैठक बोलाइएको छ । बैठकपछि चैत २० गते सभामुख पदका लागि मनोनयन दर्ता गर्ने कार्यक्रम तय गरिएको छ ।



