Thursday, April 2, 2026
Homeसमाचारइटहरी र इनरुवाका सरकारी कार्यालयबाट १७ जना ‘बिचौलिया’ नियन्त्रणमा

इटहरी र इनरुवाका सरकारी कार्यालयबाट १७ जना ‘बिचौलिया’ नियन्त्रणमा

इटहरीः जिल्ला प्रहरी कार्यालय सुनसरीले इनरुवा मालपोत कार्यालय र इटहरीस्थित यातायात व्यवस्था कार्यालय परिसरमा संयुक्त रूपमा अभियान चलाउँदै १७ जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।

हिजो बुधबार इनरुवा नगरपालिका–३ स्थित मालपोत कार्यालय परिसरबाट १३ जना बिचौलियालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काका अनुसार सेवाग्राहीको काम छिटोछरितो गरिदिने भन्दै अवैध रूपमा रकम असुल्ने गरेको गुनासोपछि प्रहरी निरीक्षक प्रकाश पराजुलीको कमाण्डमा खटिएको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले रामधुनी–९ का २८ वर्षीय युजिन घिमिरे, रामधुनी–५ का ५६ वर्षीय धननारायण श्रेष्ठ, इटहरी–५ की २७ वर्षीया अर्चना आचार्य, इटहरी–५ का ५० वर्षीय दीपककुमार दाहाल, इनरुवा–३ की ३२ वर्षीया आयसा मोते, इनरुवा–२ का २४ वर्षीय मिलन मेहता, इनरुवा–६ का ५२ वर्षीय मेघराज फुयाल, इनरुवा–८ का ४० वर्षीय वीरेन्द्र पण्डित, इनरुवा–२ का ३५ वर्षीय असिप आचार्य, इनरुवा–६ का ४९ वर्षीय रोशन बिक, इनरुवा–१ का ३२ वर्षीय प्रमोसकुमार सिंह, भोक्राहा नरसिंह गाउँपालिका–५ का २५ वर्षीय एकरार आलम मन्सुरी र भोक्राहा नरसिंह–१ का २६ वर्षीय सर्ताज आलम मन्सुरीलाई नियन्त्रणमा लिएको हो ।

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

उता, इटहरी उपमहानगरपालिका–१० स्थित यातायात व्यवस्था कार्यालय परिसरबाट थप चार जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । सेवाग्राहीसँग अवैध रूपमा रकम माग्ने र सेवा प्रक्रियामा अवरोध गर्ने गतिविधिमा संलग्न रहेको आरोपमा इटहरी–४ का २७ वर्षीय सुमन ओझा, इटहरी–१० का ४६ वर्षीय शेरबहादुर कार्की, इटहरी–४ का ५० वर्षीय योगेन्द्र ओझा र इटहरी–४ का ४० वर्षीय सूर्य थापालाई नियन्त्रणमा लिइएको हो ।

उनीहरूलाई इलाका प्रहरी कार्यालय इटहरीमा राखेर अनुसन्धान भइरहेको छ ।

लेखापढी व्यवसायीहरूलाई सुनसरीको इनरुवा मालपोत कार्यालय परिसरबाट बिना कारण पक्राउ गरिएको भन्दै नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन सुनसरीले आपत्ति जनाएको छ ।

प्रहरीले सोमबार र मङ्गलबार काठमाडौंका यातायात कार्यालयबाट बिचौलियालाई पक्राउ गरेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments