काठमाडौंः आज बिहान स्थानीय समय अनुसार ६ बजेर ४८ मिनेट जाँदा इन्डोनेसियाको मोलुका टापु नजिकै ७.४ म्याग्निच्युटको भूकम्प गएको छ । सो भूकम्पले इन्डोनेसियासहित छिमेकी देशहरूमा सुनामीको जोखिम बढाएको बताइएको छ ।
भूकम्पको केन्द्रविन्दु टेर्नेट शहरबाट करिब १२० किलोमिटर टाढा मोलुका सागरमा रहेको छ । सुनामी चेतावनी केन्द्रले भूकम्पको केन्द्रविन्दुबाट एक हजार किलोमिटर भित्र रहेका इन्डोनेसिया, फिलिपिन्स र मलेसियाका तटीय क्षेत्रहरूमा समुद्री छालहरू आउन सक्ने सम्भावना रहेको बताएको छ ।



