Thursday, April 2, 2026
Homeराजनीतिसंसदीय दलको नेता चयनको विषयमा एमालेमा ‘युवा विद्रोह’, एमाले महासचिवको पुतला दहन

संसदीय दलको नेता चयनको विषयमा एमालेमा ‘युवा विद्रोह’, एमाले महासचिवको पुतला दहन

काठमाडौंः संसदीय दलको नेता चयन प्रक्रियामा नेताहरूले गरेको व्यवहारको विरोधमा नेकपा एमालेसमर्थित युवा नेताले असन्तुष्टि जनाएका छन् । निर्वाचनमा लगातार धक्का खाँदै आएको नेकपा एमालेभित्र सुधारको अपेक्षा गरिए पनि व्यवहारमा भने पुरानै प्रवृत्ति दोहोरिएको युवाको भनाइ छ ।

नेतृत्व तहमा युवालाई अवसर नदिएको भन्दै एमालेको भ्रातृ संगठन अनेरास्ववियुसँग आबद्ध विद्यार्थीहरूले हिजो महासचिव शंकर पोखरेलको राजीनामा माग गर्दै राजधानीमा प्रदर्शन गरेका छन् । अस्कल क्याम्पसबाट शुरु भएको प्रदर्शन पार्टी केन्द्रीय कार्यालयअगाडि पुगेर नाराबाजीमा परिणत भएको थियो ।

संसदीय दलको नेतामा रामबहादुर थापालाई निर्विरोध निर्वाचित गराउन महासचिव पोखरेलले सांसदहरूलाई दबाब दिएको दाबी गर्दै उनीहरूले आपत्ति जनाएका हुन् । यही कारणले सुहाङ नेम्वाङजस्ता युवा आकांक्षीलाई किनारा लगाइएको भन्दै प्रदर्शनमा उनको समर्थनमा नाराबाजी गरिएको थियो । युवाहरूले ‘पार्टी कब्जा बन्द गर’, ‘युवालाई अवसर दे’, ‘महासचिव राजीनामा दे’ जस्ता नारा लगाएका थिए ।

प्रदर्शनका क्रममा आक्रोशित समूहले पार्टी केन्द्रीय कार्यालयअगाडि महासचिव पोखरेलको पुतला दहन गरेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments