Thursday, April 2, 2026
Homeफिचरआजदेखि एसइई शुरु हुँदै, उत्तरपुस्तिका ३ दिनमा परीक्षण हुने, नतिजा बैशाखभित्रै...

आजदेखि एसइई शुरु हुँदै, उत्तरपुस्तिका ३ दिनमा परीक्षण हुने, नतिजा बैशाखभित्रै प्रकाशित हुने

विराटचोकः आजदेखि माध्यमिक शिक्षा परीक्षा (एसइई) शुरु हुँदैछ । परीक्षा चैत २९ गते सकिनेछ ।

यस पटक परीक्षा सकिएको ३ दिनभित्रै उत्तरपुस्तिका परीक्षण गर्ने तयारी गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार उत्तरपुस्तिका ३ दिनभित्रै परीक्षण गर्ने र एक महिनाभित्रै परीक्षाफल सार्वजनिक गर्ने तयारी गरिएको हो । राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षा सकिएको ३ दिनभित्रै परीक्षण र एक महिनाभित्र परीक्षाफल सार्वजनिक गर्ने गरी कार्यतालिका नै बनाएर सर्कुलर गर्ने तयारी गरेको जनाइएको छ ।

विगतका वर्षहरूमा उत्तरपुस्तिका जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइको समन्वयमा सङ्कलन गरी जिल्ला तथा प्रदेशमा परीक्षण गर्ने गरिएकोमा यस पटक परीक्षा केन्द्रहरूमै उत्तरपुस्तिका परीक्षणको व्यवस्था मिलाउन लागिएको बताइएको छ ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलले एसइई परीक्षाको उत्तरपुस्तिका छिटो परीक्षण गरी एक महिनाभित्रै परीक्षाफल प्रकाशन गर्न निर्देशन दिएका थिए । सोअनुसार राष्ट्रिय परीक्षा बोर्डले छोटो समयमै परीक्षाफल निकाल्ने गरी तयारी गरेको हो ।

उत्तरपुस्तिका परीक्षण गरेर जिल्लास्थित शिक्षा विकास तथा समन्वय इकाइले प्राप्ताङ्क बोर्डमा पठाउनेछ । बोर्डले इन्ट्री तथा रूजु गरी परीक्षाफल प्रकाशित गर्ने भएको हो ।

एसइई परीक्षामा १ हजार ९ सय ६६ वटा परीक्षा केन्द्रमार्फत् ५ लाख १२ हजार ४ सय २१ जना परीक्षार्थी सहभागी हुनेछन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments