काठमाडौं: प्रेस काउन्सिल नेपालले पत्रकार सुरज खड्का सञ्चालक रहेको अनलाइन एनपीएल प्रेस डटकम सूचीकरणबाट हटाउनुका साथै कालो सूचीमा राखेर सूचीकरणबाट हटाएको छ ।
काउन्सिलले पत्रकार खड्काको प्रेस पास निलम्बनका लागि सूचना तथा प्रसारण विभागमा पत्राचार समेत गरेको छ ।
खड्काले गत आइतबार एमालेको एक कार्यक्रममा लुगा खोलेर आओ आओ भन्दै एमाले कार्यकर्ताहरुसँग भिड्न तम्सिएको भिडिओ भाइरल भएको थियो ।



