विराटचोकः नेकपा एमालेको हिजो बसेको पार्टीको केन्द्रीय सचिवालय बैठकले सरकारविरुद्धको विरोधलाई थप व्यापक बनाउन सहकार्यको रणनीति अघि सारेको छ ।
ललितपुरस्थित केन्द्रीय कार्यालय च्यासलमा बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीको पक्राउको विरोधमा भइरहेको आन्दोलनमा ऐक्यबद्धता जनाउन अन्य दल र नागरिक समाजको सहयोग र समर्थनका लागि अपिल पनि गरेको छ ।
यस्ता छन् नेकपा एमालेले घोषणा गरेका कार्यक्रमहरू
–चैत २५ भित्र जिल्लास्तरमा कार्यकर्ता भेलाहरू आयोजना
–चैत २८ मा सबै पालिकामा विरोध प्रदर्शन
–वैशाख ३ मा वडा तहसम्म प्रदर्शन विस्तार
–वैशाख ७ मा प्रदेशस्तरीय विरोध कार्यक्रम
–वैशाख १२ मा काठमाडौँमा केन्द्रीय प्रदर्शन
यी कार्यक्रममार्फत आन्दोलनलाई पुनः जनस्तरमा विस्तार गर्ने एमालेको योजना रहेको छ ।



