विराटचोकः दुई दिन उच्च अङ्कले घटेको शेयर बजार मापक नेप्से परिसूचक आन १९.७० अङ्कले बढेर २८५१.०९ बिन्दुमा उक्लिएको छ । आइतबार ७१ अङ्क र सोमबार ४७ अङ्कले बजार झरेको थियो ।
आजको शेयर बजारमा ३३९ कम्पनीको २ करोड ७९ लाख ४२ हजार ७७९ कित्ता शेयर १ लाख ३७ हजार ८५७ पटक किनबेच हुँदा ११ अर्ब ११ करोड २४ लाख १८ हजार ८०६ रुपैयाँको शेयर कारोबार भएको छ ।
आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक १.९४ प्रतिशतले बढेको छ । फाइनान्स समूह १.१२ प्रतिशत, होटल तथा पर्यटन समूह १ प्रतिशत, हाइड्रोपावर समूह ०.७५ प्रतिशत, लगानी समूह ०.५६ प्रतिशत, जीवन बीमा समूह ०.५२ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.५१ प्रतिशत, निर्जीवन बीमा समूह ०.७६ प्रतिशत र व्यापार समूह ०.७४ प्रतिशत, बैंकिङ समूह ०.७६ प्रतिशत, विकास बैंक समूह ०.९० प्रतिशतले बढेको छ ।
सामुहिक लगानी कोष समूह ०.०७ प्रतिशत र अन्य समूह भने ०.५५ प्रतिशतले घटेको छ ।
बढेको बजारमा ६ कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेको छ । रिलायन्स स्पिनिङ मिल्स, भुजुङ्ग हाइड्रोपावर, सुपर खुदी, रिज लाइन इनर्जी, होटल फरेस्ट इन र सूर्यकुण्ड हाइड्रोको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।
सप्तकोशी डेभलपमेन्ट बैंकको शेयरभाउ सर्वाधिक ८.९६ प्रतिशतले घटेको छ ।
आज रिडी हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । अपि पावर एनआरएन इन्फ्रास्ट्रक्चर, एसवाइ प्यानल र कुमारी बैंक उच्च कारोबार गर्ने कम्पनीमा परेका छन् ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४८ खर्ब ४७ अर्ब १७ करोड ७ लाख ५६ हजार १५२ रुपैयाँ कायम भएको छ ।



