Tuesday, March 31, 2026
Homeअर्थशेयरदुई दिनमै ११८ अङ्क घट्यो शेयर बजार, किन तर्सिए लगानीकर्ता

दुई दिनमै ११८ अङ्क घट्यो शेयर बजार, किन तर्सिए लगानीकर्ता

विराटचोकः नयाँ सरकार गठन भएपछि खुलेका दुई दिनमा शेयर बजार ११८ अङ्कले घटेको छ । आइतबार ७१ दशमलव ०५ अङ्क घटेको बजार हिजो सोमबार ४७ दशमलव ७१ अङ्कले घटेर २८३१ दशमलव ३९ बिन्दुमा अडिएको छ ।

हिजो ३४१ कम्पनीको ३ करोड १६ लाख ६ हजार ७१७ कित्ता शेयर १ लाख ५९ हजार ३२८ पटक किनबेच हुँदा १२ अर्ब ९६ करोड ६६ लाख ५९ हजार १६८ रुपैयाँको कारोबार भएको छ ।

सबै समूहमा गिरावट आएको नेप्सेमा सबैभन्दा धेरै व्यापार समूह २ दशमलव ५६ प्रतिशतले घटेको छ । सबैभन्दा कम उत्पादन तथा प्रशोधन समूह ० दशमलव २१ प्रतिशत घटेको छ ।

६ कम्पनीको शेयरमूल्य बढ्यो १० प्रतिशत
बजार घटे पनि ७ कम्पनीमा लगानी गरेका शेयरधनीले बनाए १० प्रतिशतका दरले सम्पत्ति जोडेका छन् । यसरी मूल्य बढ्नेमा रिलायन्स स्पिनिङ मिल्स, भुजुङ्ग हाइड्रो, रिज लाइन इजर्नी, होटल फरेस्ट इन, सुपर खुदी हाइड्रो, सूर्यकुण्ड हाइड्रो रहेका छन् । यी सबै कम्पनी हालै आईपीओ सूचीकृत भएका कम्पनी हुन् ।

घटेको बजारमा सर्वाधिक सम्पत्ति गुमाउनेमा सोलु हाइड्रोपावरमा लगानी गर्ने लगानीकर्ता रहेका छन् । सो कम्पनीको शेयरभाउ ७ दशमलव ७९ प्रतिशतले घटेको छ ।

रिडी पावर कम्पनीको सर्वाधिक ६८ करोड ४१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । ङादी ग्रुप पावर, शिवम् सिमेन्ट्स, अपि पावर, नेशनल हाइड्रोपावर, एसवाई प्यानल, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन उर्जा विकास कम्पनी, कुमारी बैंक, आँखुखोला जलविद्युत कम्पनीको उच्च कारोबार भएको छ ।

बजार घटेसँगै समग्र बजार पूँजीकरण ४८ खर्ब १३ अर्ब ६७ करोड ८५ लाख ४६ हजार ९९८ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments