Wednesday, March 25, 2026
Homeसमाचारपेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकाले भाडा समायोजन गर्न यातायात व्यवसायीको माग

पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएकाले भाडा समायोजन गर्न यातायात व्यवसायीको माग

काठमाडौंः चैत लागेसँगै पेट्रोल र डिजेलको मूल्यवृद्धि भएपछि पनि सरकारले बैज्ञानिक भाडादर समायोजन नगरेको भन्दै यातायात व्यवसायीले भौतिक पूर्वाधार तथा यातायात मन्त्री माधव चौलागाईसमक्ष ज्ञापनपत्र बुझाउँदै भाडादर समायोजन गर्न माग गरेका छन् ।

नेपाल आयल निगमले चैत २ गतेदेखि डिजेलमा १० रुपैयाँ र पेट्रोलमा १५ रुपैयाँ मूल्यवृद्धि गरेपछि यातायात व्यवसायीले वैज्ञानिक भाडादर समायोजन गर्न यातायात व्यवस्था विभागसमक्ष आग्रह गरेका थिए । विभागले पनि भाडा समायोजन गर्न मन्त्रालयमा सिफारिश गरेको थियो ।

चैत ५ गते विभागले वैज्ञानिक भाडा समायोजन विधि अनुसार मन्त्रालयमा सिफारिस पठाएको थियो । जसमा १३ वटा सूचकको विगत २०७२ सालदेखि भाडा समायोजन नभएको हुँदा मूल्यवृद्धिका आधारमा सार्वजनिक सवारीतर्फ ११.३३ प्रतिशत, मालबाहक तराइ ८.८१ प्रतिशत र पहाडतर्फ १४.२९ प्रतिशतसम्म भाडा समायोजन गर्न विभागले मन्त्रालयलाई सिफारिश गरेको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments