विराटचोकः आज पनि शेयर बजार बढेको छ । आज नेप्से परिसूचक २३.८३ अङ्कले बढेर २९६०.४० बिन्दुमा अडिएको छ । आज नेप्सेमा सूचीकृत ३४१ कम्पनीको ३ करोड ५८ लाख २२ हजार १९१ कित्ता शेयर १ लाख २६ हजार ९४७ पटक किनबेच हुँदा १४ अर्ब ८३ करोड ९१ लाख ८३ हजार ६४३ रुपैयाँको शेयर कारोबार भएको छ ।
बढेको बजारमा ८ वटा समूहमा हरियाली छाउँदा व्यापार समूह सर्वाधिक ९.१२ प्रतिशतले बढेको छ । विकास बैंक समूह १.३८ प्रतिशत, जलविद्युत समूह १.३२ प्रतिशत, फाइनान्स समूह ०.५१ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ०.८६ प्रतिशत, बैंकिङ समूह ०.६७ प्रतिशत, लगानी समूहको ०.११ प्रतिशत र सामुहिक लगानी कोष समूह ०.२५ प्रतिशतले बढेको छ ।
होटल तथा पर्यटन समूह ०.१७ प्रतिशत, जीवन बीमा समूह ०.३७ प्रतिशत, माइक्रोफाइनान्स समूह ०.४६ प्रतिशत, निर्जीवन बीमा समूह ०.३८ प्रतिशत र अन्य समूह ०.१६ प्रतिशतले घटेको छ ।
बढेको बजारमा आज ८ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ ।सालपा विकास बैंक, रिलायन्स स्पिनिङ मिल्स, सोलु हाइड्रोपावर, हिमालयन पावर पार्टनर, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इनको शेयरभाउ १० प्रतिशत बढेको छ । विशाल बजार कम्पनीको ९.९१ प्रतिशत, सिन्धु विकास बैंकको ९.९० प्रतिशत, अभियान लघुवित्तको ६.७० प्रतिशत र महुली लघुवित्तको सेयरभाउ ६.४८ प्रतिशतले शेयरमूल्य बढेको छ ।
फस्र्ट माइक्रोफाइनान्स लघुवित्तको शेयरमूल्य आज सबैभन्दा धेरै ६.५६ प्रतिशतले घटेको छ । मनकामना इन्जिनियरिङ हाइड्रो, मेरो माइक्रोफाइनान्स, गरिमा डिबेञ्चर २०८५, नारायणी डेभलपमेन्ट बैंक आदि उच्च मूल्य घट्ने कम्पनीमा परेका छन् ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ५० खर्ब २१ अर्ब ६१ करोड ३९ लाख ७८ हजार ४ रुपैयाँ कायम भएको छ ।





