Wednesday, March 25, 2026
Homeखेलकुदरास्वपाबाट सांसद बनिन् खेलाडी रजनी श्रेष्ठ, यौनिक अल्पसङ्ख्यकबाट भूमिका श्रेष्ठ

रास्वपाबाट सांसद बनिन् खेलाडी रजनी श्रेष्ठ, यौनिक अल्पसङ्ख्यकबाट भूमिका श्रेष्ठ

विराटचोकः फागुन २१ गते भएको निर्वाचनबाट खेल क्षेत्रको प्रतिनिधित्व गर्दै रास्वपाबाट रजनी श्रेष्ठ सांसद बनेकी छिन् । मोरङकी श्रेष्ठ समानुपातिक प्रणालीमार्फत् सांसद चयन भएकी हुन् । उनी राष्ट्रिय, दक्षिण एशियाली तथा अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिताहरूमा सफलता हासिल गरेकी एक बडीबिल्डर हुन् ।

समानुपातिक प्रणालीअन्तर्गत रास्वपाबाट यौनिक तथा लैंगिक अल्पसङ्ख्यक समुदायको प्रतिनिधित्व पनि सुनिश्चित भएको छ । भूमिका श्रेष्ठ सो समुदायको प्रतिनिधित्व गर्ने पहिलो ट्रान्सजेन्डर महिला बन्ने तयारीमा छिन् ।

यसअघि २०६४ सालमा तेस्रो लिङ्गीको प्रतिनिधित्व गर्दै सुनिलबाबु पन्त सांसद भएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments