Monday, March 23, 2026
Homeकला र साहित्यकोसी साहित्य कला परिषद् नेपालको दुई दिवसीय ‘साहित्यिक सद्भाव यात्रा’ मा विविध...

कोसी साहित्य कला परिषद् नेपालको दुई दिवसीय ‘साहित्यिक सद्भाव यात्रा’ मा विविध साहित्यिक कार्यक्रम

बेलबारीः शुक्रबार र शनिबार कोसी साहित्य कला परिषद् नेपालको आयोजनामा ‘साहित्यिक सद्भाव यात्रा’ भएको छ ।

भाषा, साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा लामो समयदेखि काम गरिरहेका झापाका विभिन्न सङ्घसंस्था तथा स्रष्टालाई लक्षित गरेर कार्यक्रमको आयोजना गरिएको परिषद्ले जनाएको छ ।

शुक्रबार ऐतिहासिक तथा पर्यटकीय क्षेत्र विराट पोखरमा झापाली साहित्य समाज, बिर्तामोड, झापा, मुख्य आयोजक र विराट पोखरी सरोवर बहुउद्देश्यीय विकास समिति सहआयोजक रहेको ‘शब्द यात्रा’ कार्यक्रमको संयोजन कोसी साहित्य कला परिषद्ले गरेको थियो ।

कार्यक्रममा झापा, मोरङ, सुनसरी तथा भारतका समेत स्रष्टाहरूको उपस्थिति रहेको थियो । कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रमुख, प्रतिनिधि तथा स्रष्टाहरूको बाक्लो उपस्थिति रहेको थियो । सोही साँझ झापाली अग्रज स्रष्टा केशव आचार्यको निवासमा संस्थाले ‘स्रष्टाका निवासमा सिर्जना उत्सव’ कार्यक्रम सम्पन्न गरेको थियो ।

शनिबार पूर्वका साहित्यका ताराका रूपमा चिनिने भाषाविद् चूडामणि रेग्मीसँगको भेटघाट तथा आशीर्वाद ग्रहण गरेर दोस्रो दिनको साहित्यिक सद्भाव यात्रा सुरु गरिएको थियो । सोही दिन लेखनाथ पुस्तकालय चन्द्रगढी, त्रिफला राष्ट्रिय पुस्तकालय धुलाबारी, सुसेली साहित्यिक परिवार काँकरभिट्टा, साहित्य चौतारी बिर्तामोड, तथा साहित्य कला सङ्गम, दमकको कार्यालयमै पुगेर भेटघाट तथा अन्तरक्रिया गरिएको थियो ।

यस कार्यक्रममार्फत् ३ सयको हाराहारीमा भाषा, साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा काम गर्ने विशिष्ट व्यक्तिहरूसँग भेटघाट गरेर उनीहरूसँग अन्तरक्रिया गरेको आयोजक संस्थाका सचिव नवराज पोखरेल ‘नवशिला’ बताउनुहुन्छ ।

यस्ता साहित्यिक भेटघाट तथा अन्तरक्रिया कार्यक्रमले साहित्यिक संस्थाकाबीचको सम्बन्धको विकास मात्र नगरेर नेपाली साहित्यको विकासमा समेत विशेष योगदान दिने नेपाल संस्कृत विश्वविद्यालयका पूर्व शिक्षाध्यक्षसमेत रहेका प्रा.डा. भीम खतिवडा बताउनुहुन्छ ।

भाषा, साहित्य, कला, तथा संस्कृतिका क्षेत्रमा काम गरिरहेका संस्थाहरूका बीचमा परिचय आदानप्रदान तथा सुमधुर सम्बन्ध बनाउने उद्देश्यले आयोजना गरिएको कार्यक्रमलाई धेरैले मन पराएको संस्थाका अध्यक्ष केशु विरही बताउनुहुन्छ ।

साहित्यिक सद्भाव यात्रामा संस्थाका अध्यक्ष केशु विरही, उपाध्यक्ष विष्णु भण्डारी आचार्य, सचिव नवराज पोखरेल ‘नवशिला’, कोषाध्यक्ष चिरञ्जीवी काफ्ले, सदस्य मनोज कार्की, साहित्य विभाग सहसंयोजक शारदा दाहाल भण्डारी तथा संस्थाका सल्लाहकारद्वय प्रा.डा भीम खतिवडा तथा डा. छवि वैरागी घिमिरे सहभागी हुनुहुन्थ्यो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments