Monday, March 23, 2026
Homeसमाचारसाढे ९ घण्टाको फरकमा दार्चुला र बझाङमा भूकम्पको धक्का

साढे ९ घण्टाको फरकमा दार्चुला र बझाङमा भूकम्पको धक्का

विराटचोकः राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान र दिउँसो गरेर साढे ९ घण्टाको फरकमा पश्चिम नेपालमा भूकम्पका दुई कम्पन महसुस गरिएको छ ।

आज बिहान ३ बजेर ५१ मिनेट जाँदा दार्चुलाको मुराइ केन्द्र बनाई ४.२ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको थियो ।

त्यसको साढे ९ घण्टापछि दिउँसो १ बजेर १४ मिनेट जाँदा बझाङको रयाल केन्द्र बनाई ४ दशमलव १ म्याग्निच्युटको भूकम्प गएको थियो ।

यही चैत ३ गते पनि दार्चुलाको सिटौला केन्द्र बनाई ४ म्याग्निच्युटको भूकम्प गएको थियो ।

गत फागुन २२ गते पनि बझाङको चैनपुर केन्द्र बनाई ३ दशमलव ६ म्याग्निच्युटको भूकम्प गएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments