Monday, March 23, 2026
Homeसमाचारमध्यरातसम्म धर्ना बसेर ३ वटा मिटर बक्स लिए कपुरकोटका वडाध्यक्षले

मध्यरातसम्म धर्ना बसेर ३ वटा मिटर बक्स लिए कपुरकोटका वडाध्यक्षले

सल्यानः सल्यानको कपुरकोट गाउँपालिका–३ का वडाध्यक्ष प्रदीप खड्काले तीन जना सेवाग्राहीका लागि मिटर नपाएपछि नेपाल विद्युत प्राधिकरण सल्यान कार्यालयमा मध्यरातसम्म धर्ना बसेर मिटर बक्स लिएका छन् ।

कार्यालयले सेवाग्राहीका लागि मिटर बक्स तत्काल उपलब्ध नगराएपछि वडाध्यक्ष खड्का आफ्नो झोलाको सिरानी लाएर सुतेर विरोध गरेपछि राति साढे १० बजे मिटर उपलब्ध गराइएको थियो । त्यसपछि उनले धर्ना तोडेका थिए ।

धर्नामा बसेका खड्काले साँझ साढे ६ बजे सल्यानका प्रतिनिधि सभा सदस्य रमेश मल्ललाई टेलिफोन गरी आफू धर्नामा रहेको जानकारी दिएका थिए । सांसद मल्लले जिल्ला प्रशासन कार्यालयमार्फत् विद्युत प्राधिकरणको सल्यानका प्रमुखलाई फोन गरी समस्या समाधान गर्न निर्देशन दिएपछि मिटर बक्स उपलब्ध गराइएको बताइएको छ ।

वडाध्यक्ष खड्काले सबै कानुनी प्रक्रिया पूरा गर्नुका साथै आवश्यक सबै कागजपत्र र दस्तुर बुझाउँदा पनि मिटर बक्स नपाएपछि सेवाग्राहीका तर्फबाट आफू धर्ना बसेको बताए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments