Friday, March 20, 2026
Homeसमाचारसुन्दरहरैंचामा घाइते अवस्थामा भेटिएका व्यक्तिको मृत्यु

सुन्दरहरैंचामा घाइते अवस्थामा भेटिएका व्यक्तिको मृत्यु

विराटचोकः आज बिहान मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ७ ठडियामा गम्भीर घाइते अवस्थामा भेटिएका व्यक्तिको मृत्यु भएको छ ।

आज बिहान मर्निङ वाकमा जानेले सडक किनारमा घाइते अवस्थामा फेला पारेका मोरङको बेलबारी नगरपालिका वडा नम्बर ९ का ३२ वर्षीय पंकज साहको मृत्यु भएको प्रहरीले जनाएको छ । साहलाई पूर्व–पश्चिम राजमार्गअन्तर्गत सुन्दरहरैँचा–७ ठडियामा सडक किनारमा घाइते अवस्थामा स्थानीयले देखेका थिए ।

साहको दायाँतर्फको पूरै भाग, टाउको र अनुहारका साथै शरीरभरि चोटपटक रहेको प्रहरीले जनाएको छ । प्रहरी चौकी गछियाबाट खटिएको टोलीले उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल पठाएको थियो । अस्पतालमा चिकित्सकले उनलाई मृत घोषित गरेका थिए ।

साह बिहीबार साँझ घरबाट को ३० प ६५३१ नम्बरको मोटरसाइकल लिएर निस्किएको पत्ता लागेको प्रहरीले जनाएको छ । घाइते अवस्थामा उनी फेला परेको स्थान नजिकै उनको मोटरसाइकल पार्किङ गरेजसरी राखिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घटनाको अनुसन्धान शुरु भएको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments