Friday, March 20, 2026
Homeसमाचारआज विश्व मुख स्वास्थ्य दिवस

आज विश्व मुख स्वास्थ्य दिवस

विराटचोकः आज विश्वभर विश्व मुख स्वास्थ्य दिवस मनाइँदैछ । हरेक वर्ष मार्च २० का दिन विभिन्न कार्यक्रमहरू आयोजना गरी यो दिवस मनाइन्छ ।

स्वास्थ्यकर्मीका अनुसार मुखसम्बन्धी रोगको उपचारमा सुधार भएता पनि दाँत किराले खाने रोग, गिजासम्बन्धी रोग, मुख र ओठको अर्बुद्ध रोग (क्यान्सर) विकसित र अल्पविकसित देशहरूमा जनस्वास्थ्य समस्याको रूपमा रहेको छ ।

विश्व स्वास्थ्य सङ्गठनको अध्ययन (सन् २०१९) अनुसार नेपालमा १ देखि ९ वर्ष उमेर समूहका करिब ५१ दशमलव २ प्रतिशत बालबालिकाहरू दाँत कीराले खाने रोग र १५ वर्षभन्दा माथिको उमेर समूहका करिब १४ दशमलव ८ प्रतिशत जटिल प्रकृतिका गिजा रोगबाट प्रभावित रहेको पाइएको छ ।

अध्ययनअनुसार प्रति एक लाख जनसङ्ख्यामा लगभग ३ दशमलव ४ व्यक्तिहरू ओठ र मुखको क्यान्सरबाट प्रभावित छन् ।

जनस्वास्थ्य नियमावली २०७७ को अनुसूची १ मा आधारभूत स्वास्थ्य सेवामा मुख स्वास्थ्य समावेश भएको छ ।

नेपाल सरकारको राष्ट्रिय मुख स्वास्थ्य रणनीति (२०८१–२०८७) को दीर्घकालीन सोच “स्वास्थ्य मुख, सुन्दर शरीर” रहेको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments