धनकुटाः सोमबार साँझ आएको हावाहुरीले धनकुटाका सरकारी कार्यालय, विद्यालय र निजी घर तथा सार्वजनिक संरचनामा क्षति गर्दा लाखौं मूल्य बराबरको क्षति भएको छ ।
हावाहुरीले जिल्लाका विभिन्न ठाउँमा मानिसको घर, गोठ तथा सार्वजनिक संरचनामा क्षति गरेको हो ।
प्रहरीका अनुसार सरकारी कार्यालय आयुर्वेद केन्द्र, सरकारी वकिलको कार्यालय, निजामती र निजी घर गोठलगायतका संरचनामा हावाहुरीले क्षति पुर्याएको हो ।
हावाहुरीले आयुर्वेद केन्द्र र सरकारी वकिलको कार्यालयमा १५ लाख ५० हजारको क्षति भएको छ । विद्यालयमा चार लाख र निजी घर तथा गोठमा पाँच लाख ५५ हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले तथ्याङ्क सङ्कलन गरेको छ ।





