Thursday, March 19, 2026
Homeसमाचारभोजपुरमा शुरु भयो डढेलो व्यवस्थापनसम्बन्धी साताव्यापी कार्यक्रम

भोजपुरमा शुरु भयो डढेलो व्यवस्थापनसम्बन्धी साताव्यापी कार्यक्रम

भोजपुरः सुक्खायाममा वन क्षेत्रमा लाग्ने डढेलो नियन्त्रणका लागि भोजपुरमा सचेतनामूलक कार्यक्रम शुरु भएको छ ।

देशव्यापी रुपमा चैत १ गतेदेखि ७ गतेसम्म कार्यक्रम मनाउने निर्णय भएअनुसार जिल्लामा ‘वन डढेलो नियन्त्रणमा प्रभावकारिताः तीनै तहका सरकार र समुदायको सहभागिता’ भन्ने नाराका साथ वन डढेलो व्यवस्थापनसम्बन्धी सप्ताहव्यापी कार्यक्रम शुरु भएको हो ।

आज बिहान जिल्ला सदरमुकाममा सचेतनामूलक नारासहित प्रभातफेरीसमेत गरिएको छ । डिभिजन वन कार्यालयको आयोजनामा भएको प्रभातफेरीका सहभागीहरुले वनजङ्गलमा आगो नलगाऔँ, जङ्गल र जैविक विविधताको संरक्षण गरौँ, डढेलो लागेमा प्रहरीलाई खबर गरौँजस्ता विभिन्न सचेतनामूलक नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

डिभिजन वन कार्यालयका अधिकृत कपिलदेव अधिकारीले वन क्षेत्रमा लाग्ने डढेलोका कारण जैविक विविधता एव वन सम्पदा नष्ट हुने भएकाले यसको नियन्त्रणमा सबैको हातेमालो जरुरी रहेकाले सचेतनामूलक कार्यक्रम गरिएको जानकारी दिनुभयो ।

प्रभातफेरीमा जनप्रतिनिधि, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा सुरक्षाकर्मी, कार्यालयका प्रमुख, उद्योगी व्यवसायी, वनसँग सम्बन्धित संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकारलगायतको सहभागिता रहेको थियो ।

कार्यक्रम अन्तर्गत आज भोजपुर बजारदेखि पौवादुङमा गाउँपालिका र अरुण गाउँपालिका अन्तर्गत वन डढेलो व्यवस्थापन सम्वन्धी माईकिङ, पोष्टर÷पम्प्लेट वितरण कार्यक्रम भएको थियो ।

त्यस्तै, भोजपुर नगरपालिका वडा नम्बर १२, कोटडाँडा, टक्सार र अरुण गाउँपालिका वडा नम्बर ६ मा वन डढेलोसम्बन्धी सचेतनामूलक होर्डिङ बोर्ड राखिएको बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments