Tuesday, March 17, 2026
Homeसमाचारकोशी एक्सिलेन्स अवार्डमा सहभागी हुनेलाई सोल्टी वेस्टेन्डले विशेष सुविधा दिने

कोशी एक्सिलेन्स अवार्डमा सहभागी हुनेलाई सोल्टी वेस्टेन्डले विशेष सुविधा दिने

इटहरीः कोशी प्रदेशको पर्यटन, व्यापार तथा सामाजिक–सांस्कृतिक पहिचानलाई विश्वमाझ चिनाउने उद्देश्यले नयन मिडिया फाउन्डेसनले आयोजना गर्न लागेको ‘कोशी एक्सिलेन्स अवार्ड २०२६’ मा सहभागी हुनेहरूलाई होटलले विशेष सुविधा दिने भएको छ ।

यही चैत ७ गते दिउँसो ३ बजेदेखि इटहरीस्थित सोल्टी वेस्टेन्डमा आयोजना हुने कार्यक्रममा सहभागी हुन रजिस्ट्रेसन गर्ने सबै अतिथिलाई हस्पिटालिटी पार्टनर सोल्टी वेस्टेन्ड होटलले ‘सोल्टी हेरिटेज क्लब’ को विशेष सदस्यता कार्ड प्रदान गर्ने भएको हो ।

यो सदस्यता कार्डमार्फत् होटलका विभिन्न सेवा तथा सुविधामा १० प्रतिशतसम्म छुट पाइने व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

नयन मिडिया फाउन्डेसनका प्रमुख कार्यकारी निर्देशक माधव सुवेदीका अनुसार कार्यक्रमलाई अझ सहभागीमैत्री, व्यवस्थित र आकर्षक बनाउन होटलसँग यस्तो सहकार्य गरिएको हो ।

यस वर्षको अवार्ड समारोहमा १६ विभिन्न विधामा उत्कृष्ट योगदान पुर्याउने व्यक्ति तथा संस्थालाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

कृषि तथा फार्मिङ इनोभेसन, बैंकिङ तथा फाइनान्सियल सर्भिस, कर्पोरेट बिजनेस लिडरसिप, शिक्षा तथा एकेडेमिक एक्सिलेन्स, स्वास्थ्य तथा मेडिकल केयर, साहित्य तथा आट्र्स एण्ड राइटिङ, मिडिया तथा जर्नालिजम, सामाजिक कार्य, खेलकुद, स्टार्टअप इनोभेसन, प्रविधि, पर्यटन तथा हस्पिटालिटी, अटोमोबाइल, सङ्गीत तथा क्यापिटल मार्केटलगायत क्षेत्रमा उत्कृष्ट योगदान दिने व्यक्तित्व तथा संस्थालाई अवार्ड प्रदान गरिने भएको हो ।

५ सयभन्दा बढी सहभागी उपस्थित हुने अपेक्षा गरिएको कार्यक्रम करिब पाँच घण्टासम्म चल्ने बताइएको छ ।

नयन मिडिया फाउन्डेसनका अध्यक्ष पवन अधिकारीले कार्यक्रमको झन्डै ८० प्रतिशत तयारी पूरा भइसकेको बताए ।

फागुन ७ गते तय भएको कार्यक्रम निर्वाचन आचारसंहिताका कारण एक महिना पर मिति सारिएको थियो ।

कोशी एक्सिलेन्स अवार्डको निर्णायक समितिको संयोजकमा संविधानसभा सदस्य पवन शारडा हुनुहुन्छ भने नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर महाप्रसाद अधिकारी प्रमुख सल्लाहकार हुनुहुन्छ ।

कोशी प्रदेश पर्यटन मन्त्रालय, सामाजिक सुरक्षा कोष तथा इटहरी उपमहानगरपालिकाको विशेष उपस्थितिमा हुने उक्त कार्यक्रम सरकारले अघि बढाइरहेको ‘कोशी पर्यटन वर्ष–२०८२’ को तयारीसँग पनि जोडिएको छ ।

अवार्ड कार्यक्रमले प्रदेशको पर्यटन, व्यापार तथा सामाजिक–सांस्कृतिक पहिचान प्रवद्र्धनमा महत्त्वपूर्ण भूमिका खेल्ने आयोजकको विश्वास छ । आयोजक संस्थाका अनुसार कार्यक्रमले व्यापारसँगै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने र कोशी प्रदेशको पर्यटनलाई राष्ट्रिय स्तरमै चिनाउने लक्ष्य राखिएको छ ।

कार्यक्रमको प्रत्यक्ष प्रशारण कान्तिपुर टेलिभिजनमार्फत् हुने भएको छ ।

कोशी प्रदेशको गौरव, प्रगति र सम्भावनालाई उजागर गर्ने यो उत्सवमा सहभागी हुन क्युआर कोडको व्यवस्था गरिएको छ । विशेष परिस्थितिमा तत्कालै अतिथिहरूले रजिस्ट्रेसन गर्न सक्ने पनि बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments