काठमाडौंः नेपाल धितोपत्र बोर्डले हिजो चैत २ गतेदेखि ‘ग्लोबल मनि विक २०२६’ मनाइरहेको छ
बोर्डले शेयरबजारमा लगानी गर्ने युवा तथा सर्वसाधारणलाई बजारमा लगानी गर्नुअघि र लगानी गरेपछि के कुरामा ध्यान दिनुपर्छ भन्ने मुख्य सन्देश दिएको जनाएको छ ।
बोर्डले लगानीकर्तालाई उपयुक्त सूचना लिएर मात्रै दोस्रो बजारमा कारोबार गर्न, सूचीकृत कम्पनीको आधिकारिक रुपमा जारी गरेको कार्य सम्पादन स्थिति, देशको समग्र आर्थिक स्थिति, हेरेर मात्रै लगानी गर्न अनुरोध गरेको छ ।
सामाजिक सञ्जालहरूमा अरुको पोष्ट देखेर शेयर नकिन्न, बैंकको तरलता तथा ब्याजदरले प्रत्यक्ष असर पार्ने हुँदा यससम्बन्धि जानकारी लिन र कर्नरिङ तथा मूल्यमा हुन सक्ने अस्वभाविक उतारचढाव जस्ता गतिविधिहरूबाट टाढै रहन सुझावहरू दिएको छ ।





