विराटचोकः मोरङको सुन्दरहरैँचा १० खोर्सानेस्थित सिद्धार्थ सेकेण्डरी स्कुलको ३१ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ ।
कार्यक्रममा विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता र शैक्षिक उपलब्धि झल्किने विविध गतिविधि आयोजना गरिएको थियो । कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रममार्फत् आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए । सो अवसरमा उत्कृष्ट विद्यार्थीहरूलाई पुरस्कार वितरण गर्नुका साथै विभिन्न परियोजना प्रदर्शन गरिएको थियो ।
कार्यक्रममा गायन, नृत्य, वक्तृत्वकला तथा चित्रकला विधामा प्रतियोगिता गरेर विजयी विद्यार्थीलाई पुरस्कृत गरिएको थियो ।
विद्यालयका पूर्व विद्यार्थी राकेश श्रेष्ठले ३ लाख रुपैयाँको अक्षयकोष स्थापना गरी चार जना विद्यार्थीलाई नगद तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।
कार्यक्रममा अभिभावक, पूर्व विद्यार्थी, शुभेच्छुक, शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नीलम ढुङ्गानाको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन सहायक प्रिन्सिपल जेबी थुलुङले गर्नुभएको थियो ।





