विराटचोकः मोरङको विराटचोकस्थित नेपालीरिका होटलले आफ्नो वेलनेस सेवाअन्तर्गत पौडी (स्वीमिङ) कक्षा शुरु गरेको छ ।
स्वास्थ्य, फिटनेस र आत्मविश्वास अभिवृद्धि गर्ने उद्देश्यले शुरु गरिएको कक्षामा अनुभवी तथा राष्ट्रिय स्वर्ण पदक विजेता प्रशिक्षकद्वारा प्रशिक्षण प्रदान गरिने बताइएको छ ।
सबै उमेर समूहका व्यक्तिलाई लक्षित गर्दै सुरक्षित, मैत्रीपूर्ण र घरायसी वातावरणमा पौडी सिक्ने अवसर प्रदान गरिने बताइएको छ । यस अन्तर्गत बिगिनर (१५ दिन), एड्भान्स (४५ दिन) तथा पर्सनल ट्रेनर (१२ दिन) गरी तीन प्रकारका प्रशिक्षण कार्यक्रमहरू सञ्चालन गरिने बताइएको छ ।
तीन हजार रुपैयाँ प्रवेश शुल्क बुझाएका पहिलो सत्रका सहभागीहरूका लागि पूर्ण रूपमा छुट गरिने होटल व्यवस्थापनले जनाएको छ । एड्भान्स कक्षामा सहभागी हुनेहरूलाई थप १ हप्ता निःशुल्क स्वीमिङ पास समेत उपलब्ध गराइने बताइएको छ ।





