Saturday, March 14, 2026
Homeशिक्षा र स्वास्थ्यसुनसरीमा मेडिकल व्यवसाय गर्ने सुन्दरहरैंचाकी महिला प्रतिबन्धित लागूऔषधसहित पक्राउ

सुनसरीमा मेडिकल व्यवसाय गर्ने सुन्दरहरैंचाकी महिला प्रतिबन्धित लागूऔषधसहित पक्राउ

इनरुवाः सुनसरीको गढी गाउँपालिका–२ औरावनी चोकमा सञ्चालित एक फार्मेसीबाट लागूऔषधसहित मेडिकल सञ्चालक पक्राउ परेकी छिन् ।

मोरङको सुन्दरहरैचा नगरपालिका–८ घर भई हाल गढी–२ मा बस्ने ३२ वर्षीया मोनिका चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । चौधरीले औरावनी चोकमा शिवमहिमा मेडिकल हल सञ्चालन गर्दै आएकी थिइन् ।

सो फार्मेसीबाट प्रतिबन्धित लागूऔषध बिक्री वितरण भइरहेको भन्ने विशेष सूचनाका आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय दुहबीबाट खटिएको संयुक्त टोलीले खानतलासी गरेको थियो । खानतलासीका क्रममा फार्मेसीमा लुकाइछिपाई राखेको अवस्थामा २ हजार ९३० ट्याब्लेट ‘ट्रामाडोल’ र ‘स्पास्पेन’ बरामद गरिएको प्रहरीले जनाएको छ ।

चौधरीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments