Tuesday, March 3, 2026
Homeराजनीतिधनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साह कमलको उम्मेद्वारी खारेज

धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साह कमलको उम्मेद्वारी खारेज

जनकपुरधामः फागुन २१ गते हुने निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट धनुषा क्षेत्र नम्बर १ का उम्मेद्वार किशोरी साह कमलको उम्मेद्वारी खारेज भएको छ ।

धनुषा निर्वाचन क्षेत्र नम्बर–१ का मुख्य निर्वाचन अधिकृत मनोज बरालका अनुसार साहविरुद्ध गत १० फागुनमा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी परेको थियो । साहको स्वामित्वमा रहेको कमल निर्माण सेवा कालोसूचीमा रहेको उजुरी थियो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले सो उजुरी ११ फागुनमा निर्वाचन आयोगमा पठाएको थियो । यसपछि आयोगले गत ११ फागुनमा उम्मेद्वार साहसँग स्पष्टीकरण माग गरेको थियो ।

आयोगको १८ फागुनको निर्णयले उनको उम्मेद्वारी खारेजी गर्ने निर्णय गरेको थियो ।

सो पत्र आयोगले आज मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पठाएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments