Wednesday, March 4, 2026
Homeफिचरमतदानको दिन मतदाताले ध्यान दिनुपर्ने विषय

मतदानको दिन मतदाताले ध्यान दिनुपर्ने विषय

विराटचोकः मतदातालाई निर्वाचन आयोगले मतदानका दिन मतदान गर्न जाँदा आवश्यक कागजात लिएर जान आग्रह गरेको छ ।

आयोगका अनुसार मतदान गर्न जाँदा आफ्नो मतदाता परिचयपत्र साथमा लैजानुपर्छ । मतदाता परिचयपत्र नभए निर्वाचन आयोगले तोकेकामध्ये अन्य कुनै एक कागजात लिएर जानुपर्छ ।

नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचयपत्र, राहदानी, सवारी चालक अनुमतिपत्र र जग्गाधनी प्रमाण पूर्जामध्ये कुनै एउटा सक्कल कागजात साथमा लिएर जाँदा पनि मतदान गर्न पाइने आयोगले जनाएको छ ।

मतदान स्थलमा पुगेपछि मतदान कार्यमा खटिएका कर्मचारीलाई आफ्नो मतदाता परिचयपत्र वा आयोगले तोकेको कागजात देखाउनुपर्ने बताइएको छ ।

गर्भवती, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, बिरामी, किरियापुत्री, सुत्केरी तथा अन्य (लैंगिक तथा यौनिक अल्पसङ्ख्यक) मतदातालाई लाइनमा नबसी प्राथमिकताका आधारमा मतदान गर्न दिने गरी आयोगले व्यवस्थापन गरेको छ ।

आम मतदाताहरू भने महिला भए महिलाको र पुरुष भए पुरुषको लागि तोकिएको अलग–अलग लाइन लागेर पालो पर्खनुपर्नेछ ।

देब्रे हातको बुढी औंलाको नङ र मासुको बीचमा पर्ने गरी मसी लगाउन दिएपछि मतदान गर्न पाइने आयोगले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments