केराबारीः मोरङको क्षेत्र नम्बर १ मा नेकपा एमालेका उम्मेद्वार घनश्याम खतिवडालाई जिताउन भन्दै विभिन्न पार्टी परित्याग गरी केराबारीका ६० जना भन्दा बढी युवा नेकपा एमालेमा प्रवेश गरेका छन् ।
उनीहरूलाई नेकपा एमालेका उम्मेद्वार घनश्याम खतिवडा, नेता खड्ग बस्नेत, डिल्ली शर्मा अधिकारी, शान्ति लिम्बू लगायतले टीका लगाएर पार्टीमा स्वागत गर्नुभएको थियो । राष्ट्रियताको विषयमा नेकपा एमालेले लिएको अडान तथा केराबारी क्षेत्रको विकासका लागि घनश्याम खतिवडाले पुर्याएको योगदानको मूल्याङ्कन गर्दै एमालेमा प्रवेश गरेको नवप्रवेशीले बताएका छन् ।
केराबारी ५ का राष्ट्रिय युवा संघका नेता सनम थेगिम लगायतको सक्रियतामा युवाहरु नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
नेपाली कांग्रेस, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, श्रम संस्कृति पार्टीलगायतका दलमा आबद्ध तथा समर्थक युवाहरु नेकपा एमालेमा प्रवेश गरेको राष्ट्रिय युवा संघ मोरङका सचिव विवेक भुजेलले जानकारी दिनुभयो ।
हिमचुली सामुदायिक वनमा भएको कार्यक्रममा उनीहरू नेकपा एमालेमा प्रवेश गरेको बताइएको छ ।



