Tuesday, March 3, 2026
Homeराजनीतिमोरङ–६ का ६ जना उम्मेद्वारले आफ्नो उम्मेद्वारी निष्क्रिय पार्दै शेखर कोइरालालाई गरे...

मोरङ–६ का ६ जना उम्मेद्वारले आफ्नो उम्मेद्वारी निष्क्रिय पार्दै शेखर कोइरालालाई गरे समर्थन

विराटनगरः मोरङ–६ का ६ जना उम्मेद्वारले आफ्नो उम्मेद्वारी निष्क्रिय गर्दै नेपाली कांग्रेसका उम्मेद्वार डा. शेखर कोइरालालाई समर्थन गर्ने भएका छन् ।

प्रत्यक्षतर्फ कांग्रेसका उम्मेद्वार कोइरालालाई सहयोग गर्ने र समानुपातिकमा आफ्नै दललाई मत हाल्ने निर्णय गर्दै उनीहरुले विज्ञप्ति निकालेका छन् ।

नागरिक उन्मुक्ति पार्टीका उम्मेद्वार बलराम खवास, जनता समाजवादी पार्टी नेपालका राजु मण्डल र जनमत पार्टीका सुधराम माझी थारुले सोमबार छुट्टाछुट्टै विज्ञप्ति जारी गर्दै डा. कोइरालालाई सघाउने निर्णय गरेका हुन् ।

यसअघि नेपाल मजदुर किसान पार्टीका उम्मेद्वार तिलक राजवंशी, जनता समाजवादी पार्टीका महमद जाविर र जेनजी समूहका उम्मेदवार राम खत्रीले कोइरालालाई सघाउने प्रतिबद्धता गर्दै आफ्नो उम्मेद्वारी फिर्ता लिएका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments