विराटनगरः मोरङको सुन्दरहरैंचा नगरपालिका वडा नम्बर २ का करिब ५० जना युवा जीवन लिम्बूको नेतृत्वमा नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् ।
विभिन्न दल परित्याग गरेका ती युवा विराटनगरस्थित कोइराला निवासमा आयोजित कार्यक्रममा औपचारिक रूपमा कांग्रेसमा प्रवेश गरेका हुन् ।
पार्टीमा प्रवेश गर्नेहरूलाई मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार डा. शेखर कोइरालाले अबिर र खादा लगाएर स्वागत गर्नुभएको थियो ।
सुन्दरहरैंचाका जीवन लिम्बू, देउमान लिम्बू, अरुण माझी, पदम अधिकारी, सुनिल लिम्बू, अभिषेक तामाङ, ओम सुब्बा, सुनिल मगर, राजु परियार, विशाल बस्नेत, रुपेश चौधरी, निब्सन कटवाल, राजेश चौधरी, रमेश खवास, अक्ष खवास, रोहन खवास, डिल्लीराज चौधरी, मन्दीप कार्की, दिपेश सिक्दार, समीर चौधरी, अरुण सिक्दारलगायत रहेका छन् ।







