Wednesday, March 4, 2026
Homeकला र साहित्यनोबेल साकोसमा रचनावाचन

नोबेल साकोसमा रचनावाचन

विराटनगरः नोबेल साकोस साहित्य संस्था, विराटनगर शाखाको नियमित मासिक रचनावाचन कार्यक्रम शनिबार दाहाल प्रतिष्ठानको भवनमा सम्पन्न भएको छ । संस्थाका उपाध्यक्ष भुपाल अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा विराटनगर प्रज्ञा प्रतिष्ठानका सदस्य तथा प्रतापनिधी शर्मा स्मृति कोषका संस्थापक अध्यक्ष अग्रज साहित्यकार लक्ष्मण नेवटियाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा विशिष्ट अतिथिका रूपमा मुक्तक प्रतिष्ठान कोशी प्रदेशका अध्यक्ष बाबुराम पोखरेल तथा विशेष अतिथिका रुपमा संगम मासिक पत्रिकाका सम्पादक रामबाबु दाहाल, विराटनगर प्रज्ञा प्रतिष्ठानका विभागीय प्रमुख शिवनारायण सिङ्गल, कोसी साहित्य–कला परिषद्का अध्यक्ष केशु विरही, विराट मैथिल नाट्य कला परिषद्का अध्यक्ष डोमी कामत, समीक्षक भवानीप्रसाद पोखरेल तथा विराट साहित्य संगमका सचिव गोपाल निर्भिहुनुहुन्थ्यो ।

उक्त कार्यक्रममा विभिन्न भाषाभाषीका कविहरूले रचना वाचन गरेका थिए । उमेश लुइँटेल, प्रयाग न्यौपाने, नेत्र खतिवडा, एल.पी. पराजुली, केशव रिजाल, नवराज पोखरेल नवशिला, नानुमैया दाहाल, शुभकुमारी राई, गीतादेवी पोखरेल, सुरेशकुमार अग्रवाल, सिर्जना प्रसाई, गोपाल निर्भिक, डोमी कामत, प्रेमप्रसाद रिजाल, चन्द्रकान्ता भट्टराई, सुशीला प्रसाई, महेश कटुवाल, उद्धव केसी, निर्मला नेपाल, ऋषि तिवारी, भुपाल अधिकारी तथा बालप्रतिभा चन्द्रसागर राईले रचनावाचन गर्नुभएको थियो ।

संस्थाकी सहसचिव रेणुका राईले सञ्चालन गरेको कार्यक्रम संस्थाकी सचिव सुजाता राईले सञ्चालन गर्नुभएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments