काठमाडौंः मोलुङ हाइड्रोपावर लिमिटेडको लक इन अवधि फागुन १८ गते समाप्त भएको छ । कम्पनीको संस्थापक समूहको सेयर, कर्मचारीका लागि सुरक्षित शेयर र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई सुरक्षित कुल ५३ लाख ५१ हजार ७० सय कित्ता शेयरको लक इन अवधि फागुन १८ गते समाप्त भएको हो ।
कुल शेयर सङ्ख्यामा संस्थापक समूहको ४४ लाख ९४ हजार कित्ता, कर्मचारीका लागि सुरक्षित ५४ हजार ५७० कित्ता र आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई सुरक्षित ८ लाख २ हजार ५ सय कित्ता शेयर रहेको छ ।
कम्पनीले सञ्चालक समितिका पदाधिकारी तथा उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीको हकमा नियमानुसार शेयर रोक्का रहने जनाइएको छ ।







