Friday, February 27, 2026
Homeअर्थशेयरबढ्यो नेप्से सूचक, घट्यो कारोबार रकम, अपिको साढे १० लाखभन्दा बढी कित्ता...

बढ्यो नेप्से सूचक, घट्यो कारोबार रकम, अपिको साढे १० लाखभन्दा बढी कित्ता शेयर किनबेच

विराटचोकः साताको अन्तिम कारोबार दिन आज शेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ०.२२ प्रतिशत अर्थात् ६.०३ अङ्कले बढेर २ हजार ६५४.९३ बिन्दुमा अडिएको छ ।

बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.४२ प्रतिशतले बढेर ४५६.५१ बिन्दुमा पुगेको दिन आज नेप्सेमा सूचीकृत ३३५ वटा कम्पनीको शेयर किनबेच भएको छ । ती कम्पनीको १ करोड ५३ हजार १४५ कित्ता शेयर ४४ हजार २०४ पटक किनबेच हुँदा ४ अर्ब १७ करोड ४६ लाख ३० हजार ५१५ रुपैयाँको शेयर कारोबार भएको छ । अपि पावरको मात्रै १० लाख ५४ हजार ५४३ कित्ता शेयर कारोबार भएको छ ।

बढेको बजारमा नेप्सेका १३ वटा समूहमध्ये ४ वटा बाहेक अन्य सबैमा हरियाली छाएको छ । निर्जीवन बीमा समूह आज सर्वाधिक अर्थात् १.०९ प्रतिशतले बढ्दा बैंकिङ समूह ०.६४ प्रतिशतले बढेको छ । फाइनान्स ०.७१, हाईड्रो ०.०५, लगानी ०.३५, जीवन बीमा ०.०३, अन्य ०.०५, विकास बैंक ०.१३ र व्यापार समूह ०.४६ प्रतिशतले बढेका छन् ।

बजार बढे पनि आज उत्पादन तथा प्रशोधन समूह सर्वाधिक अर्थात् ०.४१ प्रतिशतले घट्दा लघुवित्त ०.२८, होटल ०.१६ र सामुहिक लगानी कोष ०.२५ प्रतिशतले घटेका छन् ।

बढेको बजारमा आज अपि पावरको सर्वाधिक ३२ करोड ६८ लाख ३२ हजार ५७४ रुपैयाँको १० लाख ५४ हजार ५४३ कित्ता शेयर कारोबार भएको छ । आँखुखोला जलविद्युत कम्पनी, एसवाई प्यानल नेपाल, ङादी ग्रुप पावर र रिडी पावर उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।

आज सालपा विकास बैंकको शेयरमूल्य १० प्रतिशत बढ्दा रिलायन्स स्पिनिङ मिल्सको शेयरमूल्य ९.२६ प्रतिशत, हिमस्टार उर्जाको ६ प्रतिशत, झापा इनर्जीको ३.९३ र मोलुङ हाइड्रोपावरको शेयरमूल्य ३.७३ प्रतिशतले बढेको छ ।

बजार बढे पनि आज श्रीनगर एग्रीटेकको शेयरमूल्य सर्वाधिक अर्थात् ३.५७ प्रतिशतले घटेको छ । सुपर माई हाइड्रोपावर र रिडी पावर उच्च मूल्य घट्ने अन्य कम्पनीमा परेका छन् ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब ६६ अर्ब ६ करोड २९ लाख २४ हजार ९४३ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments