Wednesday, February 25, 2026
Homeसमाचारदेशभरका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा आज मेघगर्जन र चट्याङसहित वर्षाको...

देशभरका हिमाली र पहाडी क्षेत्रका केही स्थानमा आज मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

विराटचोकः हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ । जसका कारण पूर्वदेखि सदूरपश्चिमसम्मका हिमाली र पहाडी भूभागहरूमा वर्षा र हिमपात भएको छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार संखुवासभाको नुम मापन केन्द्रमा सबैभन्दा धेरै ३७.४ मिलिमिटर वर्षा भएको छ । त्यस्तै ताप्लेजुङमा २९ मिलिमिटर, भोजपुरको दिङ्लामा १३.८, सिन्धुपाल्चोकको सेर्माथाङमा २९.२ मिलिमिटर, चौतारामा १७.२ मिलिमिटर, ललितपुरको गोदावरीमा १४.४ मिलिमिटर, नुवाकोटमा १३.२ मिलिमिटर, गोरखाको ताकुकोटमा १३ मिलिमिटर, पर्वतको कुश्मामा २०.६ मिलिमिटर, म्याग्दीको बेनीमा १० मिलिमिटर, रोल्पाको रूलबाङमा ३३.३ मिलिमिटर वर्षा भएको छ ।

कोशी, बागमती र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा छिटपुट वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा मेघगर्जन तथा चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

आज राति कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments