Tuesday, February 24, 2026
Homeसमाचारराजधानीसहित विभिन्न जिल्लामा पर्याे असिना पानी, सबैभन्दा धेरै वर्षा संखुवासभामा

राजधानीसहित विभिन्न जिल्लामा पर्याे असिना पानी, सबैभन्दा धेरै वर्षा संखुवासभामा

खाँदबारीः पश्चिमी न्यून चापीय प्रणालीका कारण मंगलबार मौसम बदली हुँदा देशको पूर्वदेखि पश्चिमसम्मैका हिमाली तथा पहाडी जिल्लामा वर्षा, चट्याङ र असिनापानी परेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम क्षेत्रमा भन्दा मध्य र पूर्वमा बढी वर्षा भएको छ ।

विभागको आज साँझको तथ्याङ्क अनुसार पछिल्लो २४ घन्टामा सबभन्दा बढी संखुवासभामा ३६.८ मिलिमिटर वर्षा भएको छ । त्यसपछि सिन्धुपाल्चोकमा २५.६ मिलिमिटर वर्षा भएको छ ।

ताप्लेजुङमा २४, नुवाकोटमा ११, गोरखामा १३, पर्वतमा २०.६ म्याग्दीमा १०.६, प्युठानमा १३.८, रोल्पामा २०.८, ललितपुरमा १३.२, काठमाडौंमा २.६, भक्तपुरमा ३.४ र दोलखामा ८.४ मिलिमिटर वर्षा भएको छ ।

अन्य धेरै जिल्लामा १० मिलिमिटरभन्दा तल वर्षा भएको छ । केही ठाउँमा असिनासहितको वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments