Tuesday, February 24, 2026
Homeअर्थशेयरनेप्से दोहोरो अङ्कले बढे पनि बढ्न सकेन कारोबार रकम

नेप्से दोहोरो अङ्कले बढे पनि बढ्न सकेन कारोबार रकम

विराटचोकः साताको तेस्रो कारोबार दिन आज शेयरबजार दोहोरो अङ्कले बढे पनि कारोबार रकम भने बढ्न सकेन ।

आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.८२ प्रतिशत अर्थात् २१.६२ अङ्कले बढेर २ हजार ६३८.६० विन्दुमा अडिएको छ । नेप्सेमा सूचीकृत ३२८ वटा कम्पनीका ९३ लाख ६४ हजार ९३८ कित्ता शेयर ४९ हजार ९३ पटक किनबेच हुँदा ४ अर्ब २३ करोड २४ लाख ७ हजार ६१३ रुपैयाँको शेयर किनबेच भएको छ ।

नेप्सेका सबै १३ वटै समूहमा हरियाली छाउँदा होटल समूह आज सर्वाधिक अर्थात् २.०२ प्रतिशतले बढ्यो । उत्पादन तथा प्रशोधन समूह १.७६ प्रतिशत, व्यापार समूह १.४९ प्रतिशत, जलविद्युत समूह १.२७ प्रतिशत, विकास बैंक १.११, लघुवित्त ०.७९, जीवन बीमा ०.७०, फाइनान्स ०.६४, लगानी ०.६१, निर्जीवन बीमा ०.५२, बैंकिङ समूह ०.३० प्रतिशत, अन्य ०.३३ र म्युचुअल फण्ड ०.०९ ले बढेका थिए ।

बढेको बजारमा आज एसवाई प्यानल नेपालको सर्वाधिक ३७ करोड ७२ लाख ९१ हजार ३२० रुपैयाँको शेयर कारोबार भएको छ ।

आँखुखोला जलविद्युतको २४ करोड ६९ लाख, राधी विद्युतको १६ करोड १२ लाख, ङादी ग्रुप पावरको १५ करोड ४६ लाख र रिडी पावरको ११ करोड ४६ लाख बढीको शेयर कारोबार भएको छ ।

बढेको बजारमा सालपा विकास बैंकको शेयरमूल्य १० प्रतिशत बढेको छ । रिलायन्स स्पिनिङ मिल्सको सेयरमूल्य ९.३१ प्रतिशत, हिमालयन पावर पार्टनरको ९.१५, सागर डिष्ट्रिलरीको ८.९६, बन्दीपुर केवलकारको ८.३४ प्रतिशत शेयरमूल्य बढेको छ ।

बजार बढे पनि नेपाल एसबीआई बैंकको शेयरमूल्य सर्वाधिक अर्थात् ३.५८ प्रतिशतले घटेको छ ।

बजार बढेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब ३८ अर्ब ५८ करोड ८३ लाख ४५ हजार ६२३ रुपैयाँ कायम भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments