विराटचोकः नेपालमा उपल्लो वायुमण्डलमा उच्च चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागमा आंशिक बादल लागेको छ ।
महाशाखाका अनुसार आज दिउँसो तराई भूभागका केही स्थानहरूमा हुस्सु रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
आज राति तराई भूभागका थोरै स्थानहरूमा तुवाँलो रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ र बाँकी भूभागमा मौसम सफा रहनेछ ।







