Monday, February 23, 2026
Homeराजनीतिसुनसरीमा ५९ मतदान स्थल अति संवेदनशील

सुनसरीमा ५९ मतदान स्थल अति संवेदनशील

इटहरीः सुनसरीका ५९ वटा मतदान स्थल अति संवेदनशील सूचीमा परेका छन् । भारतसँग सीमा जोडिएका स्थानीय तहका अधिकांश मतदान स्थल अति संवेदनशील सूचीमा रहेका हुन् ।

जिल्ला सुरक्षा समितिले तयार पारेको विस्तृत सुरक्षा योजनाअनुसार १२ वटा स्थानीय तहमध्ये सुनसरीको बर्जु, हरिनगर, देवानगञ्ज, कोशी र भोक्राहा गाउँपालिकालाई सुरक्षाको हिसाबले अति संवेदनशील ठानिएको छ ।

सीमावर्ती भेगमा पर्ने ती पालिकाका सबै मतदान स्थल सुरक्षाका हिसाबमा अति संवेदनशील रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ । त्यस्तै, दुहबी नगरपालिकाको ६ वटा मतदान स्थललाई अति संवेदनशील सूचीमा राखिएको छ ।

गढी गाउँपालिकाको ३ वटा मतदान स्थल, इनरूवा ९ को ४ वटा मतदान स्थल र धरान ५ को हिमाली मा.वि.देउराली मतदान स्थल अति संवेदनशीलको सूचीमा परेका छन् ।

सुनसरी प्रशासनले निर्वाचन लक्षित सुरक्षाका हिसाबले विशेषगरी जिल्लाको दक्षिणी खुला नाकालाई नै मुख्य सुरक्षात्मक चुनौतीका रूपमा हेर्दैैै भारतीय समकक्षीसँगको समन्वयमा सीमा नाकामा कडाइ थालिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

४ वटा निर्वाचन क्षेत्र रहेको सुनसरीमा फागुन २१ को निर्वाचनका लागि १ सय ६६ मतदान स्थल र ५९१ मतदान केन्द्र तोकिएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments