विराटचोकः साताको दोस्रो कारोबार दिन आज शेयर बजारमा सामान्य वृद्धि देखिए पनि कारोबार रकम भने घटेको छ ।
आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ०.०९ प्रतिशत अर्थात् २.४१ अङ्कले बढेर २,६१६.९७ विन्दुमा पुगेको छ । बजार बढे पनि कारोबार रकम भने घटेको छ ।
नेप्सेमा सूचीकृत ३२९ कम्पनीका १ करोड २६ लाख २१ हजार १८८ कित्ता शेयर ५६ हजार ३४७ पटक किनबेच हुँदा ५ अर्ब १३ करोड ८६ लाख ४९ हजार ९४६ रुपैयाँको कारोबार भएको छ ।
बढेको बजारमा आज कारोबारमा आएका १३ वटा समूहमध्ये ६ वटामा हरियाली छाएको छ । विकास बैंक समूह सर्वाधिक ०.९० प्रतिशतले बढ्दा फाइनान्स ०.५६ प्रतिशत, लगानी समूह ०.३७, बैंकिङ समूह ०.२८ प्रतिशत, जीवन बीमा ०.०७ र अन्य समूह ०.०८ प्रतिशतले बढेका छन् ।
सामुहिक लगानी कोष समूहमा सर्वाधिक अर्थात् ०.४१ प्रतिशतको गिरावट आउँदा होटल समूह ०.३५ प्रतिशत, जलविद्युत समूह ०.२३, निर्जीवन बीमा ०.२२ उत्पादन तथा प्रशोधन ०.०६, लघुवित्त ०.०७, र व्यापार ०.०३ प्रतिशतले घटेका छन् ।
आज आँखुखोला जलविद्युत कम्पनीको सर्वाधिक ३६ करोड २ लाख ९३ हजार ५५६ रुपैयाँको शेयर किनबेच भएको छ । रिडी पावरको ३२ करोड १९ लाख, एसवाई प्यानलको २८ करोड ७८ लाख, सिईडिबी होल्डिङको १८ करोड ९५ लाख र ङादी ग्रुप पावरको १६ करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ ।
हालै आईपीओ सूचीकृत भएका सालपा विकास बैंकको १० प्रतिशत र रिलायन्स स्पिनिङ मिल्सको शेयरमूल्य ९.२८ प्रतिशत बढेको छ । सपोर्ट माइक्रोफाइनान्सको ६.१० प्रतिशत र नेपाल एसबीआई बैंकको शेयरमूल्य ६ प्रतिशतले बढेको छ ।
आज मोलुङ हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक ४.४२ प्रतिशतले घट्दा कालिका लघुवित्तको सेयरमूल्य ३.९८ प्रतिशत, माईखोला हाईड्रोको ३.५१ प्रतिशत र शुभम् पावरको शेयरमूल्य ३.१७ प्रतिशतले घटेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४४ खर्ब २ अर्ब २० करोड ४० लाख १९ हजार ३९९ रुपैयाँ कायम भएको छ ।







