Monday, February 23, 2026
Homeसमाचारउदयपुरमा भएको बस दुर्घटनामा १५ जना घाइते

उदयपुरमा भएको बस दुर्घटनामा १५ जना घाइते

गाईघाटः आज दिउँसो १२ बजे उदयपुरगढी गाउँपालिका–७ स्थित अँधेरी जोगी टोलमा भएको यात्रुवाहक बस दुर्घटनामा १५ जना घाइते भएका छन् ।

कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नम्बरको ‘ओखलढुंगे’ बस ब्रेक फेल भई सडकबाट करिब ४० फिट तल खसेको प्रहरीले जनाएको छ । मदन भण्डारी लोकमार्ग अन्तर्गत पर्ने उक्त ओरालो सडक खण्ड पछिल्लो समय जोखिमपूर्ण बन्दै गएको छ ।

दुर्घटनालगत्तै सशस्त्र प्रहरी बल नम्बर ५ गण उदयपुरबाट खटिएको ‘क्विक रेस्पोन्स टिम’ र स्थानीयवासीको सहयोगमा घाइतेहरूको उद्धार गरिएको थियो । घाइतेहरूको उदयपुर अस्पतालमा उपचार भइरहेको छ । प्रहरीका अनुसार दुई जनाको अवस्था गम्भीर छ छ ।

दुर्घटनामा गम्भीर घाइते हुनेहरूमा उदयपुरगढी–७ की ७३ वर्षीया सोममाया मगर (टाउकोमा गम्भीर चोट) र कटारी–२ गोलपार्ककी ६० वर्षीया सोममाया परियार रहेका छन् ।

त्यस्तै, त्रियुगा–११ की २२ वर्षीया मणिका मगर, कटारी–४ की ३५ वर्षीया अनिता चौधरी (टाउको तथा शरीरका विभिन्न भागमा चोट), ताप्ली–५ का ४० वर्षीय प्रकाश भुजेल, त्रियुगा–७ चुहाडेका २१ वर्षीया रेशिका बस्नेत, रौतामाई–७ का १७ वर्षीय तिलक बस्नेत, उदयपुरगढीका १० वर्षीय दिपेश तामाङ, कटारी–४ की १९ वर्षीया पवित्रा श्रेष्ठ, त्रियुगा–५ की २० वर्षीया रेश्मा बस्नेत, कटारी–३ का २७ वर्षीय नितेश बुढाथोकी (सहचालक), कटारी–५ का ७८ वर्षीय दलबहादुर तामाङ, कटारी–४ का १५ वर्षीय प्रेम तामाङ, ताप्ली–५ रुपाटारका २८ वर्षीय सुवास नेपाली र कटारी–४ का १५ वर्षीय सुजन तामाङ पनि घाइते भएका छन् ।

प्रहरीले बसका चालक ४५ वर्षीय विक्रम राईलाई नियन्त्रणमा लिएको छ । प्रारम्भिक अनुसन्धानमा ब्रेक फेल नै दुर्घटनाको मुख्य कारण देखिएको जनाइएको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

गत शनिबार पनि सोही स्थानमा ट्रक दुर्घटना भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments