विराटचोकः नेपालले विद्युतीय सवारी साधन (ईभी) को खरीद हिस्सामा विश्वमा दोस्रो स्थान हासिल गरेको छ । अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) र एम्बरको तथ्याङ्कअनुसार सन् २०२५ मा नेपालमा नयाँ कार बिक्रीको ७३ प्रतिशत ईभी रहेको छ । नर्वे ९७ प्रतिशतसहित पहिलो स्थान मा हुँदा डेनमार्क ६९ प्रतिशतसहित तेस्रो र स्वीडेन ६१ प्रतिशतसहित चौथो स्थानमा छन् ।
नेपालमा सन् २०१९ मा जम्मा ८ प्रतिशत रहेको ईभी बजार हिस्सा ६ वर्षपछि ६५ प्रतिशतबिन्दु बढेर ७३ प्रतिशत पुगेको हो । सरकारले पेट्रोलियम गाडीमा २०० प्रतिशतसम्म कर लगाएर ईभीमा जम्मा १० देखि ८० प्रतिशत (मोटर क्षमताअनुसार) मात्रै भन्सार र एक्साइज राखेको छ । यसले ईभीलाई सस्तो बनाएको छ । नेपालमा चीनबाट आयात हुने सस्ता र गुणस्तरीय ईभी (बीवाईडी, चाङ्गान, ग्रेटवाल लगायत) ले बजार कब्जा गरेका छन् ।
पाँच वर्षअघि जम्मा २५० वटा ईभी आयात भएकोमा २०२४ मा १३ हजारभन्दा बढी र २०२५ मा झन् तेब्बर बढेर ४४ हजारभन्दा माथि पुगेको छ ।





