इटहरीः हिजो साँझ इटहरीको मुख्य चोकमा भएको दुर्घटनामा साइकलयात्रीको मृत्यु भएको छ । ट्रकको ठक्करबाट मोरङको सुन्दरहरैंचाका ४० वर्षीय कुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
हिजो साँझ इटहरीको मुख्य चोकबाट धरानतर्फ जाँदै गरेको प्रदेश १–०२–००२ ख ०५९२ नम्बरको ट्रकले साइकलमा सवार श्रेष्ठलाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो ।
ट्रक चालक तेह्रथुमका २७ वर्षीय दिलबहादुर मगरलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।







