Monday, February 16, 2026
Homeराजनीतिमोरङ क्षेत्र नम्बर ३ का एमाले उम्मेद्वार इरनकुमार राईको चुनावी एजेण्डा सार्वजनिक

मोरङ क्षेत्र नम्बर ३ का एमाले उम्मेद्वार इरनकुमार राईको चुनावी एजेण्डा सार्वजनिक

बेलबारीः मोरङ क्षेत्र नम्बर ३ बाट नेकपा (एमाले) का उम्मेद्वार इरनकुमार राईले विकास र अनुशासनलाई जोड्ने भविष्यमुखी योजनासहितको चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।

ठूला रूपान्तरणकारी आयोजना र युवा सशक्तिकरणलाई आफ्नो चुनावी एजेन्डाको केन्द्रमा राख्नुभएका राईको प्रतिबद्धतापत्रमा सबैभन्दा बढी चर्चा बहुउद्देश्यीय चिसाङ नदी डाइभर्सन परियोजनाले पाएको छ । यसलाई उहाँले मोरङ क्षेत्र नम्बर ३ को समृद्धिको मेरुदण्डका रूपमा प्रस्तुत गर्नुभएको छ । यो परियोजना केवल सिँचाइमा मात्र सीमित नभई खानेपानी आपूर्ति, पर्यटन प्रवद्र्धन र विद्युत उत्पादनसम्म जोड्ने राईको दाबी छ । यसले क्षेत्रको कृषि क्षेत्रमा क्रान्ति ल्याउने र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउने विश्वास रहेको बताइएको छ ।

युवा पुस्तालाई अनुशासित, राष्ट्रप्रेमी र शारीरिक रूपमा सक्षम बनाउन विद्यालयस्तरमै स्काउट र एनसीसीसँगै अर्धसैनिक तालिम दिने प्रस्ताव गरिएको छ । यसका साथै, अध्ययनलाई सिधै रोजगारीसँग जोड्न प्राविधिक शिक्षाको विस्तार र नयाँ उद्यमीहरूका लागि स्टार्टअप पूँजी तथा सहुलियतपूर्ण ऋणको व्यवस्था गरिने उल्लेख छ ।

जग्गाको दोहोरो स्वामित्व अन्त्य गर्ने र दशकौँदेखि थाँती रहेको अव्यवस्थित बसोबासीको समस्यालाई कानुनी रूपमै किनारा लगाउने ठोस सङ्कल्प गरिएको छ । कृषि आधुनिकीकरणका लागि विशेष कृषि पकेट क्षेत्र घोषणा गरी उत्पादनलाई बजारसँग जोड्ने र पूर्व–पश्चिम लोकमार्ग आसपासका सहायक सडकहरूलाई उच्चस्तरको कालोपत्रेमा स्तरोन्नति गर्ने योजना राखिएको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमार्फत् प्रतिबद्धतापत्र सार्वजनिक गरिएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments