Monday, February 16, 2026
Homeराजनीतिरास्वपाले सार्वजनिक गर्याे नागरिक करार

रास्वपाले सार्वजनिक गर्याे नागरिक करार

काठमाडौंः फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा विजयी भएको खण्डमा पाँच वर्षमा गर्ने कामहरू उल्लेख गरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले ‘नागरिक करार’ सार्वजनिक गरेको छ ।

रास्वपाले बहुदलीय संघीय लोकतान्त्रिक गणतन्त्र, सामाजिक न्यायसहितको उदार अर्थतन्त्र, सुधारिएको प्रदेश संरचना तथा पारदर्शी शासनको प्रतिबद्धता जनाएको छ । करारमा भ्रष्टाचार नियन्त्रण र असल शासनलाई पहिलो प्राथमिकतामा राखिएको छ ।

औसत वार्षिक प्रतिव्यक्ति आय ३,००० डलरभन्दा माथि पुर्याउने, कुल गार्हस्थ उत्पादनको आकार १०० अर्ब डलर नाघ्ने बनाउने तथा गुणस्तरीय स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने योजना अघि सारिएको छ । पाँच वर्षमा १२ लाख नयाँ रोजगारी सिर्जना गर्ने लक्ष्य पार्टीले प्रस्तुत गरेको छ ।

करारको अन्त्यमा पार्टीले स्पष्ट बहुमत पाए पनि पाँच वर्षभित्र उल्लेखित लक्ष्य हासिल गर्न नसके मतदातासमक्ष राजनीतिक दायित्व स्वीकार गर्ने उल्लेख गरेको छ ।

‘ती कामहरू नभएको खण्डमा अर्को पटकको निर्वाचन सजाय दिई असुल उपर गर्नुहोला,’ करार पत्रमा भनिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments