Monday, February 16, 2026
Homeशिक्षा र स्वास्थ्यकोशी प्रदेशस्तरीय लोक नृत्य प्रतियोगितामा बेलबारीको डेल्टा इंग्लिस स्कुल सिनियर र जुनियर...

कोशी प्रदेशस्तरीय लोक नृत्य प्रतियोगितामा बेलबारीको डेल्टा इंग्लिस स्कुल सिनियर र जुनियर दुवैमा पहिलो

दमकः राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) कोशी प्रदेशको आयोजनामा सम्पन्न प्रदेश स्तरीय अन्तर–विद्यालय लोक सांस्कृतिक नृत्य प्रतियोगिता २०८२ मा बेलबारीको डेल्टा एङ्ग्लिश स्कुलले सिनियर र जुनियर दुवै विधामा पहिलो भएको छ ।

दमक–६ स्थित डेलिया मन्टेश्वरी स्कुलको प्राङ्गणमा भएको प्रतियोगितामा सिनियरतर्फ मोरङ ज्ञानोदय स्कुल दोस्रो, हिमालय इङ्लिस स्कुल तेस्रो र इमिनिट स्कुलले सान्त्वना पुरस्कार जितेका छन् ।

जुनियरतर्फ आभा इङ्लि स्कुल दोस्रो, हिमालय इङ्लिस स्कुल तेस्रो र इमिनिट स्कुलले सान्त्वना पुरस्कार जितेका हुन् ।

कार्यक्रम नेसनल प्याब्सन कोशी प्रदेशका कार्यवाहक अध्यक्ष कमल खनालको अध्यक्षता तथा दमक नगरपालिकाका प्रमुख राम थापाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

प्रतियोगिताको मुख्य उद्देश्य विद्यार्थीहरूमा सांस्कृतिक चेतना अभिवृद्धि गर्नु, परम्पराप्रतिको सम्मान जगाउनु तथा प्रतिभा प्रदर्शनका लागि उचित मञ्च प्रदान गर्नु भएको आयोजकले जनाएको छ ।

कार्यक्रममा नेसनल प्याब्सनका केन्द्रीय सदस्य नारायण ढकाल, प्रदेश सदस्य प्रविन प्रधान र धिरज नारायण गणेश, नेसनल प्याब्सन झापाका अध्यक्ष धर्मराज माझी, सुनसरीका अध्यक्ष खगेन्द्र केसी, मोरङका उपाध्यक्ष पर्वत राई तथा सचिव अनिरुद्र चौधरीलगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन नेसनल प्याब्सन कोशी प्रदेशका कार्यक्रम संयोजक दीपक न्यौपानेले गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments