Sunday, February 15, 2026
Homeराजनीतिनेपाल मजदुर किसान पार्टीले पनि सार्वजनिक गर्याे घोषणापत्र

नेपाल मजदुर किसान पार्टीले पनि सार्वजनिक गर्याे घोषणापत्र

काठमाडौंः नेपाल मजदुर किसान पार्टीले आगामी प्रतिनिधि सभा निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गरेको छ ।

आज एक कार्यक्रमका बीच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले प्रतिनिधिसभा निर्वाचनका लागि पार्टीको घोषणा पत्र सार्वजनिक गर्नुभएको हो ।

घोषणापत्रमा देशभक्तहरुको जीवन्त सदन बनाउन आवाज उठाउने, जन्मका आधारमा नेपाली नागरिकता पाएका विदेशी छोराछोरीलाई वंशजको आधारमा नागरिकता दिने कानुनी व्यवस्था खारेज गराउने, दुर्गम क्षेत्रहरुमा रोपवे, केबुलकार, सुरुङमाग, रेलमार्ग, अवलम्बन गर्नुपर्ने, सरकारी कर्मचारीलाई तलब खुलाउन ऋण लिने र ऋणको साँवा ब्याज तिर्न पनि ऋण लिने कामको विरोध जारी राख्ने उल्लेख गरिएको छ ।

भ्रष्टाचारीको सम्पत्ति राष्ट्रियकरण गर्ने, ठूला भ्रष्टाचारीहरुलाई ज्यान सजायसमेत हुने कानुनी व्यवस्था बनाउन निरन्तर सङ्घर्षरत रहने, निर्वाचित जनप्रतिनिधि आफ्नै क्षेत्रमा बसेर जनताको सेवा र देशको सन्तुलित विकास गर्न पाउने कानुन व्यवस्था गराउनेसमेत घोषणापत्रमा उल्लेख छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments