काठमाडौंः ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ को उपाधि नीताकुमारी थापा मगरले जित्नुभएको छ । हिमालय टिभीमा प्रशारण हुने साङ्गीतिक सो रियालिटी शो को इतिहासमा उपाधि जित्ने उहाँ पहिलो महिला प्रतिस्पर्धी हुनुभएको छ ।
शनिबार आयोजित ग्रान्ड फिनालेमा प्रशिक्षक राजु लामाको टिमकी प्रतिस्पर्धी उहाँले उपाधि उचाल्दा प्रशिक्षक खेम सेन्चुरीका प्रतिस्पर्धी सागर संसार राई प्रथम उपविजेता तथा टिम प्रमोद खरेलकी प्रतिस्पर्धी पुनम गुरुङ द्धितीय उपविजेता र टिम मेलिना राईकी प्रतिस्पर्धी सञ्जिता दुरा तृतीय उपविजेता घोषित हुुनुभयो ।
फिनालेमा हिमालय टिभीका अध्यक्ष धर्मराज भुसाल र कार्यकारी निर्देशक श्याम कँडेलले विजेता र उपविजेतालाई पुरस्कार प्रदान गर्नुभएको थियो ।







