Sunday, February 15, 2026
Homeराजनीतिपितृशोकमा रहनुभएका एमाले उम्मेद्वार विनोद ढकाल कोराबाट भोट माग्दै भन्नुहुन्छ, ‘मेरो मन...

पितृशोकमा रहनुभएका एमाले उम्मेद्वार विनोद ढकाल कोराबाट भोट माग्दै भन्नुहुन्छ, ‘मेरो मन मतदातासँगै छ’

विराटचोकः मतदाता भेटघाटको क्रममा सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ७ मा आइपुग्दा बुबाको देहावसानको खबर पाएपछि घर फर्किनुभएका नेकपा एमालेका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेद्वार विनोद ढकालले कोराबाटै मत माग्दै आफ्नो मन मतदातासँगै रहेको बताउनुभएको छ ।

माघ २९ गते निर्वाचनको प्रचारप्रसारकै क्रममा उम्मेद्वार ढकाल रहनुहुँदा उहाँको घरमा रहनुभएका १०२ वर्षीय बुबा विष्णुप्रसाद ढकालको निधन भएको थियो ।

बुबाको शोकमा रहेको तेस्रो दिनमा हिजो उम्मेद्वार ढकालले भिडियो सन्देश जारी गर्दै आफू मतदाताकै बीचमा रहेको र मतदातासँग आउन नपाए पनि नेकपा एमालेका कार्यकर्ताहरु घरदैलोमा आइपुग्ने बताउनुभएको हो । ‘म मतदाता बीचमै छु, र मन मतदातासँगै छ,’ उहाँले भन्नुभयो, ‘अहिलेको परिस्थितिपछि म तपाईँहरू बीचमा आएर सुझावहरु लिने नै छु ।’

नेता ढकालले आफूले ६ नम्बर क्षेत्रका समस्याहरू बुझेको र ती सबै समस्यालाई समाधान गर्नेतर्फ क्रियाशील रहने बताउनुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments